मंङ्गलबार सुन र चाँदीको मूल्य स्थिर !

  

काठमाडौं । मंङ्गलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ३ सय रुपैयाले बढेर प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको बजार आज पनि यथास्थित रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार १ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १२ सय रुपैयामा कारोबार भइरहेको छ ।