प्रहरी भन्छः दैलेख शिक्षक हत्याका दोषी पहिचान भयो

  

काठमाडौं । दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार विसीको हत्यामा संलग्न व्यक्तिहरु पक्राउ परिसकेको प्रहरीले जनाएको छ।

दोषीहरू नियन्त्रणमै रहेको र अनुसन्धान सकारात्मक रूपले अगाडि बढेको जानकारी दिँदै प्रहरीले अनुसन्धान सकेपछि अभियुक्तलाई सार्वजनिक गर्ने तयारी गरेको छ । 

शिक्षकको हत्यामा दुई जना व्यक्तिहरु संलग्न रहेको प्रहरीको निष्कर्ष छ । अहिले ती दुई जनामाथि नै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

शिक्षक विसीको हत्यापछि मंगलबार दिउँसो प्रहरीले सुरूमा ८ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो भने तीमध्ये दुई जना व्यक्तिमाथि प्रहरीले गम्भीर तरिकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

शिक्षक विसी गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा ५६ सालदेखि कार्यरत थिए ।