‘धर्मनिरपेक्ष संविधान खारेज गर’ भन्दै राजावादीहरुको सडक प्रदर्शन (फोटोफिचर)

  

काठमाडौं । आज संविधान दिवसकै दिन पारेर राजावादीहरुले धर्मनिरपेक्ष संविधान खारेजीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । माईतघरदेखि नयाँ बानेश्वरसम्म जुलुशरप्रदर्शन गर्दै धर्म निरपेक्षता, संघियता र गणतन्त्रका बिरुद्धमा प्रदर्शन गरेका हुन् ।

देशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर संविधान दिवस÷राष्ट्रिय दिवस मनाईएको छ । आज सातौं संविधान दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्विर अंगित ठूलो ब्यानरसहित प्रदर्शन गरेका थिए । सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना पनि गरेका थिए ।