मंगलबार बढ्यो सुनको मुल्य, तोलामा कति ?

  

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन हिजो स्थिर रहेको सुनको मुल्य आज भने बढेको छ । आज सुनको मूल्य प्रतितोला रु ५०० ले बढेको हो । 

छापावाल सुन साताको पहिलो दिन आईतबार र सोमबार प्रतितोला रु ८९ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ८९ हजार ८५० कायम गरिएको छ जुन आईबार र सोमबार प्रतितोला रु ८९ हजार ३५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य स्थिर रहेको जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।