थप ७९२ जनामा कोरोना पुष्टि, १४ को निधन

  

काठमाडौं । नेपालभर पछिल्लो २४ घन्टामा थप ७९२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।   

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।


यस्तै पछिल्लो २४ घण्टामा ९१० संक्रमित निको भएका छन् । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या १४ रहेको छ ।