राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताईरिले भने 'अब नेपाल फर्कने छैन'

  

 काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरिले साफ च्याम्पियनसिप सकिएपछि नेपाल नफर्कने जानकारी गराउनु भएको छ ।  

नेपाललाई पहिलो पटक साफ गेममा ऐतिहासिक सफलता दिलाएका अलमुताईरि माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछि प्रेस कन्फ्रेन्समा भने ‘साफको फाईनल नेपाली टिमका लागि मेरो अन्तिम खेल हुनेछ, अब म नेपाल फर्कने छैन’ ।

उनले साफपछि राजीनामा दिएको समेत जानकारी गराए । अलमुताईरि गत चैतमा एक वर्षको लागि नेपालको प्रशिक्षक नियुक्त भएका थिए तर एन्फा पदाधिकारीहरु संगको बिवादका कारण उनले यस अघि पनि राजीनामा दिएको जनाएका थिए  । फेरी एन्फाको आग्रह पछि नै कामलाई निरन्तरता दिएका थिए ।