साफ च्याम्पियनसिप फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् । 

मालेको राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले अग्रता लिएको छ । खेलको ४७ औं मिनेटमा सुनील क्षेत्रीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै सुरेश सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।