लेस्टरसामु म्यान्चेस्टर युनाइटेड निरिह, रोनाल्डोको केही लागेन

  

लेस्टरका जेमी भार्डी गाेल गरेपछि खुशी साट्दै । तस्वीरः ट्वीटर

क्रिस्टियानो रोनाल्डो सहभागी रहेको म्यान्चेस्टर युनाइटेड लेस्टर सिटी बिरुद्ध यति निरिह होला भन्ने कसैले अनुमान गरेको थिएन । तर भयो त्यस्तै । म्यान्चेस्टर युनाइटेडलाई शनिबार साँझ भएको खेलमा लेस्टर सिटीले आफ्नो गृह मैदान किङ पावर स्टेडियममा ४ - २ गोल अन्तरले पराजित गरेको छ ।  

इङलिस प्रिमियर लिगमा यस पटक राम्रो नतिजा ल्याउने उद्देश्य साथ युभेन्टसबाट भित्र्याइएका विश्व प्रसिद्ध स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पूरै समय मैदानमा बिताए पनि गोल गर्न सकेनन् ।

लेस्टरका लागि योरी टिलीमान, काग्लार सोयुन्कु, जेमी भार्डी र प्याट्सन डाकाले गोल गरेका थिए ।

म्यान्चेस्टर युनाइटेडका लागि पहिलो गोल १९ औं मिनेटमा म्यासन ग्रिनउडले गरेका थिए भने ८२ औं मिनेटमा मार्कस रास्फोर्डले दाेस्राे गोल गरेका थिए ।

तर लेस्टरका लागि ८३ औं मिनेटमा जेमी भार्डी र ९१ औं मिनेटमा प्याट्सन डाकाले गोल गरेर म्यान्चेस्टर युनाइटेडलाई हिस्स पारेका थिए ।

यो हारसँगै म्यान्चेस्टर युनाइटेड आठ खेलबाट १४ अंक सहित लिगको पाँचौं स्थानमा रहेको छ भने लेस्टर ११ औं स्थानमा उक्लेको छ ।