अमेरिकामा रहेका नेपाली स्रष्टाहरुको गजल महोत्सव

  

ह्युस्टन , टेक्सास ।  देशदेखि टाढा प्रवासमा आयोजित यस्ता उत्सवहरुले साहित्यक मनहरुलाई ठूलो राहत पुर्याएको छ । देशमा हुने गरेका कार्यक्रमहरु हेरेर आफ्नो अनुपस्थितिले प्रवासमा मन खुम्चाउनु पर्ने अवस्था क्रमश कम हुँदै गएको छ । 

नोभेम्बर २० तारिख ह्युस्टनमा गजल उत्सव - ४ भब्य रुपमा सम्पन्न भएको छ । अन्तराष्ट्रिय साहित्य समाज ह्युस्टन च्याप्टर र गजल यात्राको आयोजनामा सम्पन्न महोत्सवमा अमेरिकाको विभिन्न राज्यबाट चालीसजना गजलकारहरुको सहभागिता रहेको थियो । नयाँ र पुराना गजलकारहरुले उत्कृष्ट गजलहरु वाचन गरेर दर्शक स्रोताको वाहवाह र तालीसँगै मन पनि जितेका थिए । 

दिउँसो चार बजेदेखि शुरू भएको गजल वाचन राती ९ मा सकिएको थियो । कार्यक्रममा गजल वाचन मात्र होइन , गायन र नृत्यको पनि बेजोड प्रस्तुति थियो । 

शुरुमा शनिबार बिहान गजल यात्राले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गजल लेखन अमेरिकामा कस्तो छ ,  गजलको गुणस्तर सुधार कसरी गर्ने सम्वन्धमा छलफल गरिएको थियो । 

गजल उत्सवमा गजलकारहरु गोबर्धन पूजा , कृष्ण कुसुम , डिल्लु चम्लागाईं , रोहित राना , पुरानाघरे , भूपेन्द्र महत , सतिश त्रिपाठी , बासु पौडेल , पवन लामिछाने , राधाकृष्ण काफ्ले , बासुपुष्पा अधिकारी , बिटु केसी , सारदा पाठक , पूजा वागीश , खेमराज गैराघरे , विदुर दवाडी , मोदनाथ सादा , निलहरि आचार्य , मदन दुलाल , शारदा धिताल , रोशन श्रेष्ठ , अमृत कंडेल , मणि गौतम , कञ्चन भुषाल , अश्मिता आचार्य , आनन्द मोहन खनाल , मिलन कोइराला ,  दीपेन्द्र गौतम , पुण्य प्रकाश , राजीव घिमिरे , मिलन खराल , मोहन भण्डारी , केशवराज ज्ञावलीले गजल वाचन गरेका थिए । त्यसैगरी महेश्वर पन्त , केशव पौडेल , बिमल पराजुली र सविन दंगालले गजल गायन प्रस्तुत गरेका थिए । 

गजल नृत्यबाट रूपेश उप्रेतीले दर्शकलाई मन्त्र मुग्ध बनाए ।  महोत्सवका संयोजक एवं अन्तराष्ट्रिय सहित्य समाज ह्युस्टनका उपाध्यक्ष सतिश त्रिपाठीले गजल उत्सवलाई अन्तराष्ट्रियव्यापी गर्ने सोच रहेको बताए ।  महोत्सवमा अतर्राष्ट्रिय साहित्य समाज ह्युस्टनका अध्यक्ष बासु पौडेले यस्ता कार्यक्रमलाई भविष्यमा अझ विस्तृत बनाउनुपर्ने विचार व्यक्त गरे । 

गजल यात्राका अभियन्ता द्वय पवन लामिछाने र बासुपुष्पा अधिकारीले नियम संगत र कार्यको समान बाँडफाँड गरी आगामी दिनमा गजल उत्सवलाई अगाडि बढाउने बताए ।  गजल उत्सव (४ लाई सम्पन्न गर्न आर्थिक सहयोग गर्ने स्थानीय र अमेरिकाका अन्य शहरहरुका सहयोगी संस्था र व्यक्तिहरुलाई प्रसंसापत्र द्वारा सम्मान गरिएको थियो । 

गजल उत्सवका सम्पूर्ण कार्यक्रम हिमालय खबरका सह( सम्पादक सुजन पण्डितले प्रत्यक्ष प्रसारण गरेका थिए । उत्सवमा सहभागी गजलकारहरु अत्यन्त खुशी र उत्साहित देखिएका थिए ।अतर्राष्ट्रिय साहित्य समाज ह्युस्टनका अध्यक्ष बासु पौडेले यस्ता कार्यक्रमलाई भविष्यमा अझ विस्तृत बनाउनुपर्ने विचार व्यक्त गरे । 

गजल यात्राका अभियन्ता द्वय पवन लामिछाने र बासुपुष्पा अधिकारीले नियम संगत र कार्यको समान बाँडफाँड गरी आगामी दिनमा गजल उत्सवलाई अगाडि बढाउने बताए । गजल उत्सव - ४ लाई सम्पन्न गर्न आर्थिक सहयोग गर्ने स्थानीय र अमेरिकाका अन्य शहरहरुका सहयोगी संस्था र व्यक्तिहरुलाई प्रसंसापत्र द्वारा सम्मान गरिएको थियो । गजल उत्सवका सम्पूर्ण कार्यक्रम हिमालय खबरका सह– सम्पादक सुजन पण्डितले प्रत्यक्ष प्रसारण गरेका थिए । उत्सवमा सहभागी गजलकारहरु अत्यन्त खुशी र उत्साहित देखिएका थिए ।