ममता बेनर्जी शनिबार काठमाडौं आउँदै, कांग्रेस महाधिवेशनमा भाग लिने

  

काठमाडौं । छिमेकी मुलुक भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी आगामी शनिबार काठमाडौं आउने भएकी छिन् ।

नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन् । वक्ताको रुपमा उनी डिसेम्बर ११ मा नेपाल आउनेछिन् ।  

सत्तारुढ प्रमुख दल कांग्रेसको महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म काठमाडौंमा हुँदैछ ।