योगेश काजीको स्वरमा  ‘श्वास फेरी...’ (भिडियोसहित)

  

काठमाडौं । योगेश काजीको स्वरमा रहेको गीत  ‘श्वास फेरी...’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारी शब्द, योगेशकै सङ्गीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राजु गिरीको निर्देशन सल्लाहाकार रहेको गीतको भिडियोमा श्याम खत्री तथा भीष्म फुलाराको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफ छ । गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतको अभिनय छ । 

यमबहादुर चौधरीको छायाँकन रहेको भिडियोमा शोखिन तिम्लिसीनाको सम्पादन र सरिता पुरीको शृङ्गार छ । वियोगान्त शैलीको गीत निक्कै मार्मिक छ भने भिडियो पनि उत्कृष्ट बनेको छ ।

सञ्चारकर्मी अधिकारीका यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् । नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको उहाँले बताउनुभयो । युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत सार्वजनिक भएको छोटो समयमै स्रोतारदर्शकको साथ पाएको छ ।