डा तेजबहादुर कार्की
२७ आश्विन २०८३, मंगलवार ०८:१८
हामीले आफ्नो स्वार्थअनुकूल प्रकृतिलाई प्रयोग गर्न खोज्यौँ, प्रकृतिले हाम्रो इच्छा पूरा गरेन भने त्यसलाई दोष दियौँ भने दोष प्रकृतिको होइन, हाम्रो सोचको हुन सक्छ । प्रकृतिले आफ्नो काम गरिरहेकै हुन्छ । फूल फूलेकै छ, नदी बगेकै छ, हिमाल आफैँ उभिएकै छ, वन हुर्किएकै छ, ऋतुहरु फेरिइनै रहेका छन् । त्यसैले त चराचर जगतको जीवन निरन्तर अगाडि बढेको छ । प्रश्न यति मात्र हो— हामी यो सब जीवन र जगतलाई कसरी हेर्छौँ ।