२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकको उकालो यात्रा जारी



symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६० मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३९ अङ्कले उकालो लागेर ४३६.४७ मा पुगेको छ ।

कूल २२२ कम्पनीका २३ लाख २४ हजार ६६५ कित्ता शेयर रु ८८ करोड ९८ लाख ३४ हजार ९०८ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा मेगा बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु पाँच करोड ४२ लाख १४ हजार ४६२ बराबरको कारोबार भयो । त्यस्तै अरुण काबेली पावर रु चार करोड चार लाख २२ हजार ३५, नबिल बैंक रु तीन करोड ५७ लाख ४२ हजार ७८३, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु दुई करोड ८३ लाख २३ हजार ५१७ र जाल्पा सामुदायिक लघुवित्तको रु दुई करोड २९ लाख ४४ हजार ३८८ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।

नेप्सेका अनुसार मेगा बैंकको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नारायणी डेभलपमेन्ट बैंक ६.२०, कुमारी इक्विटी फण्ड ५.२६, ग्रीन लाइफ हाइड्रोपावर ४.०३ र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले ३।५३ प्रतिशतले कमाए ।

त्यस्तै गुराँस लघुवित्त ५.४७, सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड ३.७६, रुरु जलविद्युत् परियोजना ३.६१, माउण्टेन इनर्जी नेपाल ३.५५ र रिलायन्स फाइनान्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाएका छन् ।