२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फैसला नआउँदै रञ्जन फरार, ढकालका पिता भन्छन्– न्याय पाएजस्तै भयो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पत्नी हत्यामा जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको सजायँ घटाइ रिहा भएका थिए । हाल निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनको बाँकी सजायँ मिनाहा गरी जेलमुक्त गरिदिएका थिए । उक्त सजाय घटाउने आफ्नै पूर्वफैसलालाई सर्वोच्च अदालतले बदर गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंक मोक्तान र कुमार चुडालको इजलासले बिहीबार कोइरालालाई २० वर्षको जन्मकैद नै हुने पहिलेकै फैसलालाई सदर गरी बीचमा सजाय घटाइएको फैसला खारेज गरेको थियो । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले दुई वर्षअघि कोइरालालाई जन्मकैद घटाएर साढे ८ वर्ष बनाइदिने फैसला गरेको थियो भने सो फैसला हिजो बदर भएको हो ।

सर्वोच्चबाट साढे ११ वर्ष सजाय कटौती भएपछि २०७७ साउन ८ मा डिल्लीबजार कारागारबाट उनी बाहिरिएका थिए । पत्नी गीता ढकालको हत्या गरी टिस्टुङको जंगलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए ।

तर हिजो भने अदालतले उनलाई बाँक जेल अवधि साढे ११ बर्ष जेल बस्नुपर्ने गरी फैसला गरेको थियो । त्यो फैसला सुनाइनु अघि नै उनी फरार भएका थिए । हिजो दिउँसो सर्वोच्चमा नै रहेका कोइराला आफ्ना विरुद्धमा फैसला आउने सुइँको पाएपछि फोन स्वीच अफ गरेर फरार रहेका छन् ।

तर उनलाई पक्राउ गर्न प्रहरीले सबैतिर पत्राचार गरिसकेको बताएको छ । कोइरालालाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी कार्यालयहरूलगायतबाट प्रहरी खटिएका छन् । उनी भाग्न सक्ने आशंकामा नेपाल–भारततर्फका सीमा नाकामा पनि निगरानी कडा बनाउन प्रहरी प्रधान कार्यालयले मातहत युनिटलाई निर्देशन दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले सर्वोच्च अदालतको बिहीबारको फैसलापछि कोइरालालाई फरार सूचीमा राखेर खोजबिन अघि बढाइएको बताए । यता यो पछिल्लो फैसलापछि भने आफूहरुले न्याय पाएको अनुभूति गरेको गीता ढकालका पिता हरेराम ढकालले प्रतिक्रिया दिएका छन् ।




भर्खरै