२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ विमानस्थल नबनाउने निर्णयबिरुद्ध बिरोध प्रदर्शन



अ+ अ-

काठमाडौँ । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयबिरुद्ध निजगढ वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । आईतवार माईतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरुले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निर्णयबिरुद्ध बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा बोल्दै प्रदर्शनकारी विष्णु खड्काले सर्वोच्चले विकासको काम रोक्दा जनताहरुमा नैराश्यता पैदा भएको बताउनु भयो । उहाँले सर्वोच्च अदालतले राष्ट्रिय गौरवको योजनालाई निमोठ्ने काम गरेको भन्दै निर्णयलाई पुनरावलोकन गर्न माग गर्नुभयो । उहाँले निर्णय पुनरावलोकन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी पनि दिनुभयो । प्रदर्शनकारी खड्काले सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएकोले सबै सांसदहरु एकजुट भएर विकासको योजना अघि बढाउनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निजगढ विमानस्थल नबनाउने सर्वोच्चको निर्णयले जनतामा नैराश्यता पैदा गरेको छ । राष्ट्रिय गौरवको योजनालाई निमोठिने काम भएको छ । यो निर्णयलाई पुनरावलोकन नहोउन्जेल आन्दोलन भइरहन्छ । एमसीसी पास गर्न एकजुट भएझैँ विकासको योजनामा पनि एकजुट हुने बेला भएको छ ।’

प्रदर्शनकारीहरुले के विकास र समृद्धि अधिकार होइन र ?, वातावरणको नाममा विकास रोक्न पाइँदैन, सर्वोच्च अदालतको दुर्भाग्यपूर्ण फैसला पुनःविचार गर् लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।

सर्वोच्च अदालतले गत बिहीवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको थियो ।

 




भर्खरै