२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल २०२२ः यी हुन् अवार्ड जित्ने खेलाडीहरु



अ+ अ-

एजेन्सी । विश्वकै प्रतिष्ठित टी–२० लिग इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ सम्पन्न भएको छ । झण्डै दुई महिना चलेको लिगको फाइनल खेल आइतबार राति गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच भएको थियो ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनल खेलमा राजस्थानलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक आईपीएलमा सहभागिता जनाएको गुजरातले उपाधि चुम्यो ।

यस खेलपछि अवार्ड समारोह सम्पन्न भएको थियो, जसमा च्याम्पियन टोली गुजरात र फाइनलमा पराजित हुने टोली राजस्थानलाई पुरस्कार प्रदान गरिएको थियो । यसका साथै अन्य धेरै अवार्ड पनि प्रदान गरिएको छ ।

गत वर्ष जस्तै यस वर्ष पनि आईपीएल जित्ने टोलीलाई २० करोड रुपैयाँ (भारु) प्रदान गरिएको छ । यस्तै उपविजेता टिमलाई १२.५ करोड रुपैयाँ प्रदान गरिएको छ ।

आईपीएल पर्पल क्याप (सर्वाधिक विकेट लिने खेलाडी) – युजवेन्द्र चहल (२७ विकेट) पुरस्कार राशी – १० लाख

आईपीएल वरेन्ज क्याप (सर्वाधिक रन बनाउने खेलाडी) – जोस बटलर (८६३ रन)पुरस्कार राशी – १० लाख

सुपर स्ट्राइकर अफ द सिजन (सर्वाधिक स्ट्राइक रेट हुने ब्याट्सम्यान) – दिनेश कार्तिक, पुरस्कार – टाटा पन्च कार

सर्वाधिक छक्का – जोस बटलर (४५ छक्का), पुरस्कार राशी – १० लाख

पावरप्लेयर अफ द सिजन – जोस बटलर, पुरस्कार राशी – १० लाख

मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन – जोस बटलर, पुरस्कार राशी – १० लाख

गेम चेन्जर अफ द सिजन – जोस बटलर, पुरस्कार राशी – १० लाख

फास्टेस्ट डेलिभरी अफ द सिजन – लोकी फग्र्युसन (१५७.३ किमी प्रतिघण्टा बलिङ), पुरस्कार राशी – १० लाख

सर्वाधिक चौका प्रहार – जोस बटलर (८३ चौका) – पुरस्कार राशी – १० लाख

क्याच अफ द सिजन – एभिन लुईस (रिकु सिंहको क्याच), पुरस्कार राशी – १० लाख

 

फाइनल खेलको अर्वाड विजेताः
गेमचेन्जर अफ द म्याच – हार्दिक पाण्ड्या, पुरस्कार राशी – एक लाख

सिक्सर अर्वाड – यशस्वी जैसवाल, पुरस्कार राशी – एक लाख

पावरप्ले अफ द म्याच – ट्रेन्ट बोल्ट – पुरस्कार राशी – एक लाख

मोस्ट भ्यालुएबल एसेट अफ द म्याच – हार्दिक पाण्ड्या, पुरस्कार राशी – एक लाख

अन गो ४एस अफ द म्याच – जोस बटलर, पुरस्कार राशी – एक लाख

प्लेयर अफ द म्याच – हार्दिक पाण्ड्या, पुरस्कार राशी– पाँच लाख




भर्खरै