२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली मनाउँदिन – मेयर साह



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ ।

सोमवार महानगरपालिकाको मेयरको शपथग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर साहले काठमाडौं वासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गर्नुभयो ।

मेयर साहले भन्नुभयो, ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तरवार्ता, खादा माला लगाएर सेलिब्रेशन गर्दैनौँ । हामीले गरेको पापको भोगी सिसडोलवासीहरु भइरहनुभएको छ । विभिन्न रोगबाट ग्रसित हुनुभएको छ ।’

त्यस्तै काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक,हित,अधिकार र सहज जीवनयापनको लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले व्यक्तिको सफलता र असफलताको पछि भन्दा पनि संस्थालाई विकास गर्नेमा लक्ष्य राख्ने बताउनु भयो । उहाँले आफूले प्रतिवद्धता जनाएका कुरालाई बजेटमा समावेश गरेर सहअस्तित्व, सहकार्य र समन्वयमा काठमाडौंलाई विकास गर्न लागिपर्ने बताउनु भयो ।

उपमेयर डंगोलले भन्नुभयो, ‘आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक,हित,अधिकार र काठमाडौं वासीको जीवन साच्चिकै सहज होस् भन्नको लागि हामीले पाइला चालेका हाँै । सोहीअनुसार काम हुनेछ । अब हामी सबैले टिमवर्कमा रहेर काम गर्नेछौँ । हामीले व्यक्तिको सफलता, असफलता पछि लागेर होइन, संस्थाको सफलता हुनुपर्छ । काठमाडौं महानगरपालिका संस्था आफैँमा सफल भयो भने काठमाडौंवासी मत दिएको सफल हुनेछ । हामीले प्रतिवद्धता गरेका कुरलाई बजेटमा समावेश गर्ने पहिलो प्राथमिकता हुन्छ । सहअस्तित्व, सहकार्य र समन्वयमा काठमाडौं महानगर र काठमाडौं वासीहरुको लागि काम गर्नेछु । जीवन्त, व्यवस्थित र सांस्कृतिक काठमाडौं महानगर बनाउन पाइला चाल्नेछु ।’

काठमाडौं नगर कार्यपालिकाको बैठक आज ४ बजे बस्ने र बैठक प्रत्यक्ष प्रशारण हुने भएको छ ।




भर्खरै