२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदभार ग्रहण गरेकै दिन बालेन्द्र साहले भेटे प्रधानसेनापति



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासंग भेटवार्ता गरेका छन् ।

मेयरको सपथ लिएर कार्यभार सम्हाले लगत्तै साहले सैनिक मुख्यालय जंगीअड्डा पुगेर भेट गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित साहलाई शपथ गराएका थिए ।

मेयर साहले महानगरपालिकाको मेयरको शपथग्रहणपछि पदभार ग्रहण गर्दै काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने समेत बताएका छन् ।

उनले काठमाडौंबासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गरेका हुन् ।