२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवार नै गुमाएपछि अमेरिकामा रहेका छोरा टुहुरो



अ+ अ-

तारा एयर दुर्घटनामा परी गोरखाको शहीद लखन गाउँपालिकाको तिनमाने घर भएका गणेशमान श्रेष्ठ परिवारका चार जनाको ज्यान गएको छ । गणेशमानसहित उहाँकी धर्मपत्नी रश्मी श्रेष्ठ, छोरीहरू रोजिना र रबिनाले ज्यान गुमाउनु पर्‍यो ।

परिवारका चारै जनाको एउटै दुर्घटनामा परी ज्यान जाँदा श्रेष्ठको पुर्ख्यौली थलो तिनमाने गाउँ शोकमा डुबेको छ । अध्ययनका क्रममा अमेरिकामा बस्ने गरेका श्रेष्ठका दुवै छोरी रोजिना र रबिना नेपाल आएका बेला मुक्तिनाथ दर्शन गर्ने क्रममा दुर्घटनामा परेका हुन् । श्रेष्ठका एक्ला छोरा रोशन श्रेष्ठ अध्ययनका क्रममा अमेरिकामा टुुहुरो बनेका छन् ।

सो दुर्घटनामा परी ज्यान गुमाउन पुगेका जहाजका सहचालक उत्सव पोखरेलको गाउँ रुकुमको चौरजहारीमा पोखरेललाई चिन्ने जान्नेले निधारमा हात राखेर दुःख व्यक्त गर्न थालेका छन् । २५ वर्षका पोखरेल जिल्लाकै पहिलो पाइलट थिए ।

तारा एयर उडाउन थालेको एक वर्ष एक महिना नपुग्दै दुर्घटनामा परेर उनको ज्यान गुमेको छ । भाइ पाइलट बनेपछि आफू पनि पाइलट बन्ने रहर बोकेका उत्सवका दाजु उमेश पोखरेल अध्ययनका क्रममा फिलिपिन्समा थिए ।

नेपालमा भाइको दुर्घटनामा परेको खबर सुनेर उनका दाजु उमेश सोमबार दिउँसो नै नेपाल फर्किएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।