२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व आलु सम्मेलन डबलिनमा सुरु



अ+ अ-

डबलिन । आयरल्याण्डको डबलिनमा विश्व आलु सम्मेलन सुरु भएको छ । सो सम्मेलनमा विश्वका कम्तीमा पनि ६० देशका १ हजार जनाभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका बताइएको छ ।

सोमबारबाट सुरु भएको सो सम्मेलन चार दिनसम्म सञ्चलान हुने भएको बताइएको छ । सो सम्मेलनमा आलु खेतीमा लागेका किसानका साथै यस खेतीका विशेषज्ञ, आलु खेतीसम्बन्धी कृषि प्राविधिक एवं सरकारी अधिकारीहरुको सहभागिता रहेको बताइएको छ ।

यस सम्मेलनमा विश्वमा आलु खेतीको वर्तमान अवस्था र यसका चुनौतीहरुका साथै स्वास्थ्यमा आलुको योगदान, आलु व्यवसाय र पोषण एवं आलु खेती सम्बन्धी नयाँ नयाँ तरिका र प्रविधिका बारेमा आवश्यक छलफल हुने बताइएको छ ।

साथै सो सम्मेलनमा धेरै प्रकारका आलुका उत्पादन, खेती र यसका लागि आवश्यक प्रविधिका साथै आलुखेतीको दिगोपनसम्बन्धी प्रदर्शनी पनि राखिएको बताइएको छ ।