२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन कांग्रेसका लागि गलगाँड भयो: एमाले नेता पाण्डे



अ+ अ-

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा(एमाले)का सांसद सुरेन्द्र प्रसाद पाण्डेले कर्मचारीको तलव १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित नभएको बताउनुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले महंगिको हिसाबमा कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि हुने ठिकै भएपनि सबै वर्गका कर्मचारीहरुको समान रुपमा तलव वृद्धि हुनु न्यायोचित नभएको बताउनुभएको हो ।

उहाँले यसरी समान रुपमा तलव वृद्धि गर्नु समाजवादउन्मुख हुनु हो भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘तलव बढायौँ १५ प्रतिशत । ठिकै होला कर्मचारीको महंगीको हिसाबले । तर बिगतमा भन्दा हामीले के कुरा ख्याल गरेनौँ भने फ्ल्याट रेटमा १५ प्रतिशत बढाउँदा तल्लो वर्गका कर्मचारीहरु र माथिल्लोले एउटै दरमा प्राप्त गर्दा यो न्यायोचित भयो त ? यो समाजवादउन्मुख भयो ? विगतमा यस ढंगले हामीले गर्ने गर्दथ्यौँ ? कहीँ पनि म त्यो देख्दिनँ । यो न्यायोचित वितरण त भएन होला । बजेटका उद्देश्य माथि नै यत्रो धेरै व्याख्या गर्दाखेरीमा पनि यो चिजप्रति कतैपनि मेरो त्यहाँ सहमती हुन सकेन । मेरो मनले मानेन ।’

सांसद पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिएपनि एमालेले स्याबासी पाउने बताउनुभयो । उहाँले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाले जसले जति वर्षमा झारेर दिएपनि केही फरक नपर्ने बताउनुभयो । उहाँले वृद्धभत्ता ५ हजार पु¥याएको भएपनि राम्रो हुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो – ‘वृद्धभत्तालाई ६८ वर्ष झा¥यौँ नि । वृद्धभत्ता जतिसुकै कुरा गरेपनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ । तपाई ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन । वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास् गर्छन् । ताली ठोक्छन् । तर तपाईले आफैले पनि ५ हजार पु(याउँछु भनेर हिजो घोषणापत्रमा बोलेको होइन र ? पाँच पु¥याएको भए त अझ राम्रो हुन्थ्यो नि । किन गर्नुभएन ? त्यसमा बरु गुनासो छ ।’

उहाँले नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी गर्नुभयो । गठबन्धनलाई सँगै जान गाह्रो भइराखेको उल्लेख गर्दै उहाँले चुनाव भएदेखि गठबन्धनका दलहरु सबै छुट्टीने थिए भन्ने कांग्रेसले चाहेको उहाँले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धन सँगसँगै जानलाई गाह्रो भएको छ । कांग्रेसलाई छिटोभन्दा छिटो झुण्डिएका सबै गलगाड यहाँबाट कहिले यसको पिण्ड चुडाउने भन्ने छ । चुनाव भएदेखि यसको गलगाड छुट्थ्यो कि भन्ने छ । सतिदेवीको अंगपतन भएको जस्तो । चुनावपछि यि सबै कसले हात समातेको छ । कसले खुट्टा समातेको छ । ति सबै त्यहाँबाट छुट्टीएर जाने छन् । कांग्रेस एकलौटी शासनको बडो सपनामा बसिरहेको छ । त्यसकै लागि प्रयास गरिरहेको मैले देख्छु ।’




भर्खरै