२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको नयाँ सरकारमा ३० मध्ये १३ जना महिला मन्त्री, दुई जना मुस्लिम



अ+ अ-

अस्ट्रेलियामा लेबर पार्टीको नयाँ सरकारले बुधबार सपथ ग्रहण गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्नो मन्त्रिपरिषद्मा १३ महिला मन्त्री बनाएका छन् । कुल ३० मन्त्रीमध्ये १३ महिला मन्त्री छन् । एन्थोनी अल्बानीजले पहिलो पटक महिला मुस्लिम महिलालाई पनि मन्त्री बनाएका छन् ।

विजयको ११ दिनपछि अष्ट्रेलियाको राजधानी क्यानबेरामा गभर्नर जनरल डेभिड हर्लेले सपथ ग्रहण गराए । अल्बानीजले ट्विटरमा लेखेका छन्, “विविधतापूर्ण अष्ट्रेलियामा यो समावेशी सरकार पाउँदा हामीलाई गर्व छ। लेबर पार्टी सरकारमा सबै नयाँ सदस्यहरूलाई स्वागत छ।”

एनी अली अस्ट्रेलियाको पहिलो मुस्लिम महिला मन्त्री हुन्। उनलाई युवा मन्त्री बनाइएको छ । एड हुसिक अल्बानीज सरकारमा उद्योग मन्त्री बनेका अर्का मुस्लिम मन्त्री हुन्।

पश्चिमी सिड्नीका लेबर सांसद एड हसिकले कुरानसहित पदको सपथ ग्रहण गरे। एड हडिक अस्ट्रेलियामा पहिलो पुरुष मुस्लिम मन्त्री पनि बनेका छन् ।

अस्ट्रेलियन फेडरेशन अफ इस्लामिक काउन्सिल (एएफआईसी) का अध्यक्ष रातेब जानिदले दुवै मन्त्रीलाई पत्र लेखेर बधाई दिएका छन् । एएफआईसीका कार्यवाहक अध्यक्ष केसर ट्राउडले एसबीएसलाई यो अष्ट्रेलियाको लागि धेरै सकारात्मक कदम भएको बताए। उनले यो मन्त्रिपरिषद्ले अस्ट्रेलियाको प्रतिनिधित्व गरेको बताए । बीबीसीबाट