२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोग्बा र माटा म्यान्चेस्टर युनाइटेडबाट बिदा



तस्वीरः ट्वीटर
अ+ अ-

इङ्लिस प्रिमियर लिगमा संघर्षरत म्यान्चेस्टर युनाइटेडका दुई प्रभावशाली खेलाडी क्लबबाट बिदा हुने भएका छन् ।

समाचार अनुसार, क्लबबाट फ्रान्सेली अन्तरराष्ट्रिय खेलाडी पल पोग्बा र स्पेनी खेलाडी हुवाँ माटा आगामी सिजनबाट बिदा हुँदैछन् ।

यी दुई खेलाडी क्लबमा मिडफिल्डरका रुपमा खेल्दै थिए । पछिल्लो सिजनमा एक दुई वटा मात्र म्याच खेलेका हुवाँ माटा अधिकांश समय बेन्चमै रहेका थिए । उनलाई बिदा गरिएको क्लबले जनाएको छ ।

यस्तै पल पोग्बाको पनि म्यान्यूले करार नवीकरण गर्न अस्वीकार गरेको छ । उनको करार यही जुन महिनाको अन्त्यमा समाप्त हुँदैछ । उनी सन् २०१६ मा इटालियन क्लब युभेन्टसबाट झण्डै ११ करोड डलरमा म्यान्चेस्टर युनाइटेड आएका थिए ।

चोट र राम्रो फर्म नभए पछि पोग्बाले गत सिजनमा २७ वटा खेल मात्र खेलेका थिए । क्रिस्टियानो रोनाल्डो जस्ता विश्वस्तरीय खेलाडी भित्र्याए पनि म्यान्चेस्टर लिगको अंक तालिकामा छैटौं स्थानमा रहेको छ भने च्याम्पियन्स लिग खेल्ने मौका गुमाएको छ ।