२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक उडानको ‘इनरुट’ पूर्वानुमान गर्न सकिन्न– मौसम विभाग



अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरुट फोरकास्ट’ गर्न नसक्ने बताएको छ ।

विभागले एक सूचना जारी गर्दै प्रविधि र जनशक्ति अभावका कारण यस्तो पूर्वानुमान गर्न नसकिने विभागले जनाएको हो । विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम सेवाअन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना र इनरुट पूर्वानुमान दिए पनि आन्तरिक हवाई उडानका लागि त्यस्तो पूर्वानुमान दिएको छैन ।

महाशाखाले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मौसम अवलोकनको सूचना मात्र दिँदै आएको सूचनामा बताएको छ । सूचनामा आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट मौसमी सूचना मात्र दिन सकिने र दैनिक क्षेत्रगत मौसमी अवस्थाको ब्रिफिङ मात्र गर्न सकिने बताइएको छ ।

यही जेठ १५ गते पोखराबाट जोमसोमतर्फ उडान भरेको तारा एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले इनरुट सफा नभएसम्म उडान नभर्न निर्देशन जारी गरेको थियो । यद्यपि इनरुट सफा भए वा नभएको सूचना कसले दिने भन्ने अन्योल छ ।

 




भर्खरै