२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ ।

नेपालले कतारको सुहिम बिन हामद स्टेडियममा ओमानविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपालले एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यस अघि नेपालले मैत्रीपूर्णमा टिमोर लिस्टेको यू–२३ टोलीसँग २(२ गोलको बराबरी र श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।

नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने छन् ।

छनोटमा नेपाल समूह ुएु मा रहेको छ । जुन समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुनेछन् ।