२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा समस्या बन्दै सामुदायिक छाडा चौपाया



अ+ अ-

भजनी । कैलालीको टीकापुर नगरपालिका-३ का आशिष जनाला यस वर्ष धान खेती गर्ने कि, नगर्ने अझै दोधारमा हुनुहुन्छ । सडकसँगै जोडिएको उहाँको १० कट्ठा जग्गा उत्पादनका लागि राम्रो भए पनि सामुदायिक छाडा चौपायाले लगाएको अन्नबाली बर्सेनि सखाप पार्ने भएकाले खेती गर्ने कि, नगर्ने भन्नेमा दोधार रहनुभएको हो ।

“खेती लगाउँदा मेहनत निकै हुन्छ । ऋण निकालेर खेती गर्यो भित्र्याउँदा लागत पनि आउँदैन । सामुदायिक छाडा चौपायाले बाली जोगाउन मुस्किल हुने भएपछि खेती नगर्ने कि भन्ने मनस्थिति बनाएको छु”, आशिषले भन्नुभयो, “एकातिर सामुदायिक छाडा चौपायाको सास्ती छ भने अर्कोतिर रासायनिक मलको सहजता पनि छैन ।”

भजनी नपा–८ का शन्तराम चौधरी मन नलागी नलागी धानको ब्याड राखेको बताउनुहुन्छ । उहाँले दुई बिघामा धानखेती गर्ने योजना बनाउनुभएको छ । उहाँलाई सामुदायिक छाडा चौपायाको मात्रै समस्या छैन उहाँलाई अन्य समस्याले पनि सताएको छ । “सामुदायिक छाडा चौपायाको समस्या हाम्रा लागि चुनौतीका रुपमा देखिएको समस्या हो । त्योसँगै वर्षात्को बाढीका कारण हुने डुबान र खेती गर्दा देखिने मलको अभावले खेती गर्ने मन लाग्दैन”, शन्तरामले भन्नुभयो, “डुबान बढी भयो भने लगाएको खेती सबै खेतमै विलय हुन्छ । बर्सेनि रासायनिक मलको प्रयोग गर्दै आएको हुँदा मल नहाले त खेती फस्टाउँदैन । के गर्ने के नगर्ने अन्योलमै छौँ ।”

भजनीकै ६ नं वडाका बिन्तिराम चौधरीलाई सामुदायिक छाडा चौपायाले दिएको दुःख सम्झिँदा खेती गर्न मन लाग्दैन । हिउँदमा गरेको गहुँ खेती जोगाउन पुसको शीतलहर त्रिपालभित्र खेतमै बिताउनुभएका बिन्तिराम खेती गरेर किसानलाई निकै नोक्सान हुन थालेको बताउनुहुन्छ । “चाहिएको समयमा मल पाइँदैन । बाली भित्र्याउँदा गरेको लगानी पनि आउँदैन । खर्च नगरी खेती हुँदैन”, बिन्तिरामले भन्नुभयो, “सामुदायिक छाडा चौपाया व्यवस्थापनमा सरकारले बर्सेनि लाखौँ खर्च गरेको सुनिन्छ तर, चौपाया व्यवस्थापन भएको देखिँदैन ।”

अधिकांश स्थानीय तहमा गौशाला निर्माण गरिएका छन् । ती गौशालामाभन्दा बढी चौपाया सडकमा देखिन्छन् । अब वर्षायाममा किसानले खेती लगाउने र चौपाया सडकमा ल्याएर छोड्ने गरेका कारण पनि बर्सेनि चौपायाको सङ्ख्या बढ्दै गएको बताइन्छ ।

किसानले खेती गर्न पालेका चौपाया बुढो भएपछि सडकमा ल्याएर छोड्ने चलन छ । दूध दिँदासम्म घरमा पालेका गाई दूध दिन छोडेसँगै सडकमा ल्याएर अलपत्र छोड्ने चलन भएका कारणले पनि सामुदायिक चौपायाको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिन्छ ।

एउटा स्थानीय तहले सामुदायिक छाडा चौपाया व्यवस्थापनका लागि रु १५ लाखभन्दा बढी रकम खर्च गर्दै आएका छन् । त्यसबाट कुनै प्रतिफल भने आउन सकेको छैन ।

“एउटै पालिकाले चाहेर चौपाया व्यवस्थापन गर्न सक्दैन । छिमेकी पालिकासँग समन्वय गरेर साझा एजेन्डाका रुपमा सामुदायिक चौपाया व्यवस्थापनमा विकल्प छैन टीकापुरका नगरप्रमुख रामलाल डगौँरा थारुले भन्नुभयो, “चौपाया व्यवस्थापन गर्न सकिएन भने हाम्रा उब्जनी हुने जमिन बाँझो रहने चिन्ता बढ्दै गएको छ । यसलाई साझा कार्यक्रममार्फत दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने तयारी नगरले गरिरहेको छ ।” उहाँले नगरले निर्माण गरेको गौशालालाई व्यवस्थित गरेर सँगै निर्माण भएको बायो ग्यास प्लान्टबाट ग्यास उत्पादन गरेर स्थानीयलाई वितरण गर्ने कार्यमा यथाशीघ्र ध्यान दिने बताउनुभयो ।

जानकी गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकबाट सामुदायिक छाडा चौपाया व्यवस्थापन गरिने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले सबैभन्दा जटिल समस्यामध्ये सामुदायिक छाडा चौपाया व्यवस्थापन प्रमुख भएको बताउँदै सामुदायिक चौपाया व्यवस्थापनलाई आम्दानी र रोजगारीसँग जोडेर अगाडि बढ्ने योजना बनाइएको बताउनुहुन्छ ।

“सामुदायिक छाडा चौपाया व्यवस्थापनलाई उत्पादनसँग जोडेर अगाडि बढ्ने योजना बनाउँदा एकातिर रोजगारीको अवसर सिर्जना गर्न सक्छ भने अर्कोतिर किसानलाई पनि राहत हुन्छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “त्यहाँबाट उत्पादन भएको वस्तुको बजारीकरण गरेर गाउँपालिकाको आन्तरिक स्रोतको माध्यम बनाउनेछौँ । तर पहिला छिमेकी पालिकासँग साझा योजनाका रुपमा सामुदायिक छाडा पशु चौपाया व्यवस्थापन गर्न पहल गर्छौं ।” रासस




भर्खरै