२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवालाई चन्द्र ढकालको आह्वानः नेपाल सम्भावनाको देश हो, व्यवसाय गर्नुस्



नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ट उपाध्यक्ष एवं उद्योगी चन्द्र ढकाल ।
अ+ अ-

चितवनः नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाको हातमा रहेको बताउनुभएको छ ।

उहाँले जुनसुकै देशको भविष्य पनि त्यस देशका युवाको हातमा रहेको भन्दै नेपालजस्तो युवा जनशक्तिको बाहुल्यता रहेको देशको आर्थिक समृद्धि र विकास पनि उनीहरुकै हातमा छ भन्नुभयो ।

नेपाली युवा उद्यमी मञ्च, चितवनको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै ढकालले उद्योग वाणिज्य संघको नेतृत्वमा आउन पनि युवाहरुलाई आह्वान गर्नुभयो । उहाँले पहिलेजस्तो नभएर अहिले देशमा व्यवसाय गर्न सजह भएको र बैंक तथा वित्तिय संस्थाहरुले राम्रो साथ दिएको भन्दै देशका समग्र युवालाई देशभित्रै कुनै न कुनै व्यवसाय गर्न सुझाव दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले हाल देशमा व्यावसायिक वातावरण निर्माण भएको र देश विकास गर्नसक्ने क्षमताका युवाहरु उद्यमशीलतामा सहभागी हुँदा अझै राम्रो वातावरण बन्न जाने भन्दै नेपालका युवा व्यवसायीका लागि नेपाल उद्योग वाणिज्य महासंघले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– नेपाल कृषि, पर्यटन, जलस्रोत, आइटीजस्ता कैयौँ क्षेत्रहरुमा हामीसँग सम्भावनाका ठूला अवसरहरु भएर रहेका छन्, ती सम्भावनामा केही न केही उद्यम गरौँ, मेहनत गर्ने मानिस सफल भइहाल्छ ।

कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष उदिप श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरिष पन्त, नेपाल युवा उद्यमी मञ्चका प्रथम उपाध्यक्ष रितेश लामिछाने, उपाध्यक्ष सुवोधमान सैंजु, चितवन शाखाका अध्यक्ष राजेश गौतमलगायतले नेपालमा युवा उद्यमशीलताको वर्तमान अवस्था र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो ।

यसैबीच शुक्रबार साँझ सम्पन्न सो अधिवेशनले चितवन शाखाको अध्यक्षमा सूर्यभक्त अधिकारीलाई चयन गरेको छ । अधिकारी चितवनका ईलेक्ट्रोनिक्स व्यवसायी हुनुहुन्छ । त्यसैगरी अधिवेशनले सो मञ्चको प्रथम उपाध्यक्षमा विकल दाहाल, द्धितीय उपाध्यक्षमा उमेश श्रेष्ठ, सदस्यहरुमा अजय गौतम, गोपाल, गौतम, निशान पौडेल, ई दिपक खनाल, राजन पौडेल र दिलिप पौडेल चयन हुनुभएको छ ।