३० जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईफा अवार्डः ४ अवार्डसहित ‘शेर शाह’ उत्कृष्ट फिल्म, विक्की कौशल उत्कृष्ट अभिनेता



अ+ अ-

एजेन्सी । शनिबार दुवईको अबुधाबीमा बलिउडको प्रतिष्ठित अवार्ड ‘आइफा अवार्ड’को घोषणा गरियो । उक्त समारोहमा सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी स्टारर फिल्म ‘शेर शाह’ निकै हिट भयो ।

यो उत्कृष्ट चलचित्र घोषित भयो भने यसले चार अर्वाड हात पार्यो । यसैगरी विक्की कौशलले ‘सरदार उधम’ बाट उत्कृष्ट अभिनेता र ‘मिमी’ बाट कृति सेननले उत्कृष्ट अभिनेत्रीको अवार्ड जिते ।

‘शेरशाह’का लागि विष्णु वर्धनलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरियो । पंकज त्रिपाठीले ‘लुडो’ बाट उत्कृष्ट सहायक अभिनेताको अवार्ड पाए । सुनील शेट्टीका छोरा आहान शेट्टीले फिल्म ‘तडप’का लागि बेस्ट मेल डेब्युको अवार्ड जिते भने ‘मिमी’बाट साई ताम्हनकरले उत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेकी छन् ।

कार्यक्रममा सलमान खान, ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, विक्की कौशल, कृति सेनन, अनन्या पाण्डे, सारा अली खान, एआर रहमान, टाइगर श्राफ, नोरा फतेही, नर्गिस फाखरी र पंकज त्रिपाठी लगायत धेरै सेलिब्रेटीहरू उपस्थित थिए ।