३० जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि कोशी प्रदेशसभाः आर्थिक सर्वेक्षण पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटना अपडेटः मृतकमध्ये सात जनाको सनाखत



अ+ अ-

काठमाडौं । रूपन्देहीको रोहिणी गाँउपालिका–३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा परी चालकसहित २४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल–६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का अन्दाजी ५६ बर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० बर्षीय दिनेश दास, बुटवल–११ कालिकानगरका अन्दाजी ४१ बर्षीय कृष्ण प्रसाद बस्याल, ओमसतिया गाँउपालिका–४ का अन्दाजी ६५ बर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुल्सी बस्याल र बुटवल–६ का ५० वर्षीय नागेन्द्र शर्मा रहेका छन् ।

दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । जनकपुरबाट भैरहवातर्फ आँउदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भएर रोहिणी पुलबाट तल खसेको थियो ।