२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा प्रजिअ, सुरक्षाकर्मीको नेतृत्व र निर्वाचन अधिकृत फेरिए



अ+ अ-

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन प्रयोजनका लागि नयाँ निर्वाचन अधिकृत तोकिएको छ । यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन अयोगले तयारी थालेसँगै नयाँ निर्वाचन अधिकृत पठाइएको हो ।

साथै प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखलाई पनि परिवर्तन गरिएको छ ।

सो नगरपालिकामा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन विवादित भएपछि आयोगले नयाँ निर्वाचन गर्न लागेको हो । नगरपालिकाका केही वडामा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताहरुले बुथ कब्जा गरेर मतदान गरेको आरोप लागेको थियो ।

बुथ कब्जाको आरोप लागेसँगै मतगणना सम्पन्न हुन सकेको थिएन । परिस्थिति जटिल बनेपछि निर्वाचन आयोगले त्यहाँका निर्वाचन अधिकृतलाई नै फिर्ता बोलाएको थियो ।

यसअघिका प्रजिअ उपेन्द्रराज पौडेलको ठाउँमा प्रकाशचन्द्र अधिकारी बाजुरको प्रमुख जिल्ला अधिकारी तोकिएका छन् । यसैगरी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापा र सशस्त्र प्रहरीका नायब उपरीक्षक गंगादत्त पन्तलाई बाजुरा खटाइएको छ ।