२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबान शासनमा महिला अधिकार उल्लङ्घनका घटना बढे



अ+ अ-

काबुल । अफगानिस्तानमा तालिबानको शासनमा महिला अधिकार उल्लङ्घनका घटना वृद्धि भएकामा मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्लू) ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

तालिबानले महिला अधिकारको सम्मान गर्ने सार्वजनिक प्रतिबद्धता पूरा नगरेको, उनीहरूलाई अत्यावश्यक बाहेक आफ्नो घरबाट बाहिर ननिस्कन र अनुहारसहित सम्पूर्ण शरीर ढाकेर मात्र निस्कन उर्दी जारी गरेकामा त्यसको निन्दा गर्दै एचआरडब्लूले तालिबानले गरेको महिला अधिकार उल्लङ्घनको सूची लामो र बढ्दै गएको बताएको हो ।

महिलाहरूलाई घरबाहिरका काममा र किशोरीहरूलाई माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्धको आलोचना गर्दै एचआरडब्लूले महिला र बालिकालाई हिंसाबाट जोगाउने प्रणालीलाई भत्काइएको र उनीहरूलाई स्वास्थ्य सेवा पाउन कठिन भएको जनाएको छ ।

तालिबानले सत्ता कब्जापछि महिला र किशोरीहरूमाथि गरेका दुव्र्यवहारको अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूले निन्दा गर्दै वक्तव्य निकाले पनि महिला र बालिकाहरूको अधिकार रक्षा तालिवानका दुव्र्यवहार अन्त्य गर्न दवाव नदिएको उक्त संस्थाले बताएको छ ।




भर्खरै