२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा निःशुल्क सार्वजनिक शौचालय अभियान



अ+ अ-

दमौली । तनहुँमा निःशुल्क सार्वजनिक शौचालय अभियान सुरु भएको छ । जिल्लाका होटल, मोटरसाइकल शोरुमलगायतका व्यवसायीले निःशुल्क सार्वजनिक शौचालय अभियानमा सहयोग पुर्याएका हुन् ।

बन्दीपुरको टुँडिखेलस्थित हेरिटेज गेष्ट हाउसले शौचालयको सुविधा दिएको छ । पर्यटकलाई ध्यानमा राखेर निःशुल्क शौचालयको सुविधा दिएको सञ्चालक किसन प्रधानले बताउनुभयो । सार्वजनिक शौचालय नहुँदा पर्यटकलाई सास्ती हुँदै आएको छ ।

यस्तै दमौलीकै एएस मेशिनरी स्टोर्सले पनि निःशुल्क सार्वजनिक शौचालय प्रयोग गर्न दिने घोषणा गरेको छ । सोही स्थानको गोर्खाली मोटर्स प्रालिले पनि निःशुल्क शौचालयको सुविधा प्रदान गरेको छ ।