२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ल्याण्डफिल साइटमा निर्वाध फोहोर व्यवस्थापन: आज १५३ ट्रक फोहोर खसालियो



अ+ अ-

काठमाडौँ । आज बञ्चरेडाँडा ल्याण्डफिल साइटमा निर्वाध फोहोरको अन्तिम विसर्जन भएको छ । हिजो (बिहीबार) बेलुका ७ बजेदेखि आज (शुक्रबार) बिहान १ बजेसम्म महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग प्रभावित क्षेत्रका वडाध्यक्षहरुसँग भएको सहमति अनुसार आजैबाट फोहोर ढुवानी र अन्तिम व्यवस्थापन कार्य भएको हो ।

आज १५३ ट्रक फोहोर व्यवस्थापन भयो । साइटका इन्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठ भन्नुहुन्छ, ‘आज सौहाद्र वातावरणमा फोहोर व्यवस्थापन भएको छ । स्थानीयबाट कुनै पनि खालको अवरोध वा रोकावट भएन । भोलिदेखि तालिकाबद्ध र पूर्ववत् काम गर्ने वातावरण बनेको छ ।’