२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सेनाका उच्च अधिकारी सैनिक मुख्यालयमा , द्विपक्षीय भेटवार्ता



अ+ अ-

काठमाडौँ । अमेरिकी सेनाको एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चार्ल्स ए फ्लिनले प्रधानसेनापति प्रभुराम शर्मासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटका क्रममा द्विपक्षिय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

फ्लिनको सम्मानमा जङ्गी अड्‍डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्नुका साथै नेपाली सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरण समेत गरिएको थियो ।

उच्चपदस्थ अधिकारीहरुबाट विगतमा भएका सदभावना भ्रमणको निरन्तरता स्वरुप रहेको यस ४ (चार) दिने औपचारिक भ्रमणको क्रममा जनरल चार्ल्स ए फ्लिन तथा भ्रमणदलका सदस्यहरुले हिमाल दृश्यावलोकनका लागि माउण्टेन फ्लाईटमा सहभागी हुनु भएको थियो ।

उहाँहरुले जेठ २९ गते पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।

अमेरिकी सैन्य टोली आईतबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ । मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पारी आपसी सदभाव बढाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।