२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म खुट्टा लागेको ठूलो छोरा हुँ, मलाई स्वतन्त्रता चाहियो: जि–बब



अ+ अ-

काठमाडौं । चर्चित र्‍यापर सुदीप भण्डारी उर्फ ‘जि–बब’ ले आफूलाई परिवारबाट स्वतन्त्रता चाहिएको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन आयोजना गरी जि–बबले आफूले बुबाआमाविरुद्ध मुद्दा दिएको नभइ निवेदन दिएको प्रस्ट पारे ।

उनले भने ‘ मुद्दा मुद्दा मुद्दा भन्ने शब्दले कुरा बिग्रिएको हो । मैले कपिमा लेखेर सिडिओमा गएर निवेदन दिएको हुँ । मलाई फ्रिडम चाहियो, स्वतन्त्र बस्न पाउनुपर्यो, मैले काम गर्नुपर्दा मेरा आमाबुबाले मलाई माथिबाट टोक्नुभएन, म र मेरो काम गर्ने टिमलाई प्रेसर दिनुभएन ।’

उनले अगाडि भने, ‘म खुट्टा लागेको ठूलो छोरा हुँ, मलाई स्वतन्त्रता चाहियो । मलाई मेरो आमाबाबुले छोडिदिनुपर्यो, म जहाँ भन्छु त्यहीँ उड्न पाउनुपर्यो ।’




भर्खरै