३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रभित्र अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे छलफल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) भित्र अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता बोलाउने बारे छलफल भएको छ । खासगरी अर्थमन्त्री शर्माको काम कारवाहीलाई लिएर उनलाई फिर्ता बोलाउनेबारे पार्टीभित्र छलफल भएको बताइएको छ ।

अर्थमन्त्रीको गतिविधिबाट पार्टी नै नाङ्गिने अवस्था आएको भन्दै पार्टी अध्यक्षसँग अर्थमन्त्री शर्मालाई फिर्ता गर्नुपर्ने माग पार्टीभित्र उठेको बताइएको छ ।

सो सम्बन्धमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो आइतबार अर्थमन्त्री शर्मालाई आफ्नो निवास खुमलटारमा बोलाएर छलफल गरेको समाचार छ । करिब दुई घण्टासम्म छलफल भएको भए पनि के विषयमा छलफल भएको भन्नेबारे खुलाइएको छैन ।

संकटमा परेको अर्थतन्त्रलाई उकास्ने गरी अर्थमन्त्री शर्माले कुनै कदम नचालेको भन्दै माओवादी केन्द्रभित्र उनको आलोचना भइरहेको छ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र समेत शर्माको क्रियाकलापलाई लिएर आलोचना भइरहेको छ ।

बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्रीलाई हटाउँदा नराम्रो सन्देश जाने भन्दै बजेट घोषणापछि उनलाई हटाउने योजनालाई पर सारिएको बताइएको छ ।