२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रधानमन्त्रीले अमेरिका भम्रणबारे संसद, समिति र नागरिकलाई जानकारी गराउनुपर्छ’



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरु उठेको भन्दै प्रधानमन्त्रीले संसद, समिति र देशलाई जानकारी दिनुपर्ने बताउनुभएको हो । उहाँले भ्रमणमा देशलाई उचित हुने भन्दा बाहेक अन्य कुनै पनि गतिविधिहरु सरकारले गर्न नहुने बताउनु भयो । अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित भएर अगाडि बढ्न नहुने बताउनु भयो । उहाँले परराष्ट्र नीतिको विषयमा कुनैपनि किसिमको दबाब र धम्की स्वीकार्य नहुने बताउनु भयो ।

अध्यक्ष नेपालले सरकारका परराष्ट्र मन्त्री अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा छलफलमा वर्तमान सरकारको अन्तर्राष्ट्रिय नीतिको विषयमा जानकारी गराउनु उपस्थिति जनाउनुपर्ने बताउनु भयो । उहाँले पहिलोपटक नेपालमा विदेशी सेना रहेको सुनेको पनि बताउनु भयो । अध्यक्ष नेपालले विदेशी सेना नेपालमा आएर बस्नु गम्भिर विषय रहेको भन्दै समितिमा सरकारको ध्यानाकर्षण गर्न माग गर्नुभयो ।

उहाँलेभन्नुभयो,‘ नेपालले कुनै पक्षमा नलाग्ने असंग्लन परराष्ट्र नीति लाएका छौं । त्यो नीतिमा सरकार अविचलित रुपमा अगाडि बढ्नुपर्छ । सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट रुपमा राख्नुपर्छ । यो मामिलामा कुनै किसिमको दबाब,धम्की हामीलाई स्वीकार्य हुन सक्दैन । परराष्ट्र नीति कस्तो बनाउने र कसरी अगाडि लैजाने विषयमा राष्ट्रप्रति माया गर्ने राष्ट्रिय शक्तिहरुको बीचमा नै छलफल गर्ने आवश्यकता पर्छ । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा छलफल गर्दा परराष्ट्र मन्त्री समितिको बैंठकमा आउनुपर्ने हो । किन आउनुभएन ।

उहाँले वर्तमान सरकारको परराष्ट्र नीति, कार्यान्वयनका सन्र्दभमा धारणा सुन्नुपर्ने थियो । समितिका धेरै कुराहरु उठेका छन् । त्यसले आंशकित बनाएको छ । विदेशी सेना नेपालमा छन् । मैले भर्खरै पहिलो चोटी सुनेँ । त्यो हो भने गम्भिर कुरा हो । कहाँ छन् । कुन कुन देशका छन् । कुन क्याम्पमा राखिएको छ । त्यसमा बारेमा समितिको ध्यान जानुपर्छ । सरकारको ध्यानाकर्षण गराउनुपर्छ । हाम्रो वैदेशीक ऋण साहयता लिने कुराहरुमा धेरै क्रुटीहरु छन् । यसको पनि परिर्वतन गर्नपाए हुने थियो । प्रधानमन्त्री अमेरिका भम्रणको कुराहरु आएका छन् । भम्रणका विषयमा संसद, समिति र देशले जानकारी पाउनुपर्छ । भ्रमणमा कुनैपनि अन उचित कामहरु हुनुहुर्दैन ।’

अध्यक्ष नेपालले सरकारले लिने वैदेशीक ऋणका प्रावधानहरुमा धेरै क्रुटीहरु रहेको भन्दै परिर्वतन गर्नुपर्ने बताउनु भयो ।