२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्झना बिर्सनाको गीत सुटिङमा आकाश र पूजाको रोमान्स



अ+ अ-

काठमाडौं । नायक आकाश श्रेष्ठले नायिका पूजा शर्मा र आफ्नो जोडी दर्शकले मन पराउनु भनेको काम सक्सेसको पुष्टि रहेको बताएका छन् ।

सम्झना बिर्सना फिल्मको एक गीत सुटिङका क्रममा भक्तपुरमा रङ्ग पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नायक श्रेष्ठले फ्यानमाझ गीत सुटिङ गर्न पाउँदा खुशी लागेको बताए । उनले गीत असाध्यै राम्रो भएकोसमेत बताए । उनले यो गीत नयाँपनको गीत भएको र नाच्ने र महशुस गर्ने किसिमको गीत भएको बताए । त्यस्तै नायिका पूजा शर्माले गीतको अभिनय फ्यानमाझ गर्न पाउँदा खुशी लागेको बताइन् । फ्यानहरुलाई फोटो खिच्नको लागि पर्याप्त समय दिन नसकेको भन्दै उनले आगामी दिनमा फ्यानहरुसँग बसेर फोटो खिच्ने पनि बताइन् । उनले फिल्ममा दार्जलिङको चिया बगानको संघर्ष पनि समेटिएको बताइन् ।

फिल्म जेठ ६ गतेबाट हलहरुमा चल्ने भनिएपनि विभिन्न कारण स्थगित भएको थियो । फिल्म आगामी असार ३१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । चलचित्रमा आकाश र पूजाले मुख्य पात्रको भुमिका निर्वाह गरेका छन् । चलचित्रमा सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको पनि मुख्य अभिनय रहेको छ । निमेष प्रधानले निर्देशन गरेको फिल्म दार्जलिङ, सिलगुढी र सिक्किमका रमणीय दृश्यहरुमा छायांकन भएको छ ।

निर्देशक प्रधानकै कथा/पटकथा रहेको रहेको चलचित्रको संवाद लेखनमा कलाकार शिशिर राणाले साथ दिएका छन् । शिव ढकालको छायांकन रहेको फिल्ममा राजन ईशान र सुदर्शन तामाङको संगीत, कमल राईको कोरियोग्राफी र तारा थापा किम्भेले सम्पादन गर्नुभएको छ ।




भर्खरै