२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस स्थायी कमिटी बैठकः स्थानीय तह निर्वाचनसम्बन्धि समिक्षा प्रतिवेदनमाथि छलफल सुरु



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समिक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय तिनकुनमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रिय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समिक्षासम्बन्धि प्रतिवेदनमाथि छलफल सुरु भएको हो । सचिवालयको तर्फबाट प्रस्तुत सो समिक्षा प्रतिवेदनमाथि बैठकमा छलफल सुरु गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिनु भयो ।

उहाँले प्रतिवेदनमा नेताहरुले आ–आफ्नो धारणा राखेको र त्यसबाट शिक्षा लिएर कसरी अघि बढने भन्ने विषयमा छलफल जारी रहेको समेत बताउनु भयो । खनालका अनुसार प्रतिवेदनमा पाँच दलीय गठबन्धन सम्मानजनक नभएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालिएको छ । सम्मानित नेता खनालले भन्नु भयो, ‘स्थानीय तह निर्वाचनको सम्बन्धमा समिक्षा बैठक हो यो । समिक्षा सम्बन्धि एउटा प्रतिवेदन तयार भएको छ ।

यसमा सबैले आ–आफ्नो कुरा राख्नु भएको छ । छलफल हुँदैछ । र, यो समिक्षाको सन्दर्भमा वास्तवमा पाँच दलको बीचमा जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले भएन । सम्मानजनक भएन । त्यसले गर्दाखेरी आउनुपर्ने परिणाम पनि आएन । कुरा त्यो हो । तर, त्यसबाट के शिक्षा लिने भन्ने बारेमा अझै छलफल गर्दैछौं । त्यो क्रम जारी छ ।’

बैठक भोली (बुधबार) पनि जारी रहने र निर्वाचनको समिक्षाबारे पार्टीको ठोस धारणा सार्वजनिक हुने नेकपा (एकीकत समाजवादी)ले जनाएको छ ।




भर्खरै