२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री विरुद्ध एमालेको आक्रोश, सदन बहिष्कार



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । आजको बैठकको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने पालो थियो ।

बजेट अनधिकृत व्यक्तिको हस्तक्षेपबाट बनेको तर सो सम्बन्धमा छानबिन नभएको भन्दै एमालेका सांसदहरुले संसद् बहिष्कार गरेका हुन् । एमाले सांसदहरुले यस्तो अवस्थामा अर्थमन्त्रीको जवाफ अनावश्यक भएको पनि बताए ।

बैठकमा अर्थमन्त्रीले जवाफ दिने क्रममा एमाले सांसदहरुले विरोध गरेका थिए । यद्यपि अर्थमन्त्री शर्माले एमाले सांसदहरुलाई बेवास्ता गर्दै जवाफ दिएका थिए । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीको जवाफ सकिनासाथ प्रमुख प्रतिपक्षीको विरोधलाई बेवास्ता गरेको भन्दै संसद् बहिष्कार गरिएको घोषणा गरे ।

उनका अनुसार प्रमुख प्रतिपक्षी दल विरोधका लागि उभिइसकेपछि सभामुखले सदनलाई अगाडि बढाउन दिन हुँदैनथियो । उनले भने, “यस्तो अवस्थामा अर्थमन्त्रीको जवाफ सुन्नुपर्ने कुनै कारण छैन, हामी यो सदन बहिष्कार गर्छौं ।”

भट्टराईले सदन बहिष्कारको घोषणा गरेलगत्तै एमाले सांसदहरु बैठकबाट बाहिरिएका थिए । यद्यपि सभामुखले बैठकलाई जारी राखेका छन् ।




भर्खरै