२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरू गर्न माग



अ+ अ-

वीरगञ्ज । बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै उक्त निर्णय अविलम्ब सच्चाउन सरोकारवालाले जोडदार माग गर्दै आएका छन् ।

विमानस्थल निर्माण गर्न माग गर्दै सरोकारवालाले कहिले विरोध प्रदर्शन, कहिले सडक अवरुद्ध, सडकमै मानव साङ्लो प्रदर्शन, राजमार्गमा रिले अनशन, प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेतासँग भेटी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नेबारे ज्ञापनपत्र बुझाउने लगायतका क्रियाकलाप जारी राखेका छन् । साथै अझै पनि निरन्तर विभिन्न दबाबमूलक कार्य गर्दै जाने निजगढ सार्वजनिक सरोकार समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले बताउनुभयो ।

मुलुकको सम्भावित स्थानमा सर्वे गरी हरेक दृष्टिकोणले निजगढमा विमानस्थल बनाउन देशी विदेशी विज्ञसहितको सर्वे टोलीले उपयुक्त हुने प्रतिवेदन बुझाएसँगै ढिलै भए पनि यहाँ विमानस्थल निर्माणका प्रारम्भिक चरणका कार्य हुँदै आइरहेका थियो । विमानस्थल निमार्ण हुनुपर्ने पक्षधरले उक्त निर्णय समग्र मुलुकको आर्थिक समृद्धि भन्दा बाहिर भन्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जोडदार माग गर्दै आएका छन् ।