२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनमन्त्री आलेको सार्वजनिक अडिओको ल्याब परीक्षणसहित कारबाहीको माग गर्दै उजुरी (पूर्णपाठ)



फाईल फोटो
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरविरुद्ध प्रतिनिधिसभामा प्रतिनिधिसभाको ‘संसद आचारण अनुगमन समिति’ मा ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता’ उल्लंघनसम्बन्धी उजुरी परेको छ ।

उजुरीमा भर्खरै केहिदिन अगाडि सार्वजनिक भएको अश्लिल गालीगलौजसहितको अडिओ टेपको वास्तविकताबारे ल्याब परीक्षण गरी आवश्यक कारबाहीको माग गरिएको छ ।

उजुरी दर्ता गराउनेमा अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित कानूनका विद्यार्थी रेजिना पौड्याल रहेका छन ।

उजुरीमा लेखिएको छ, ‘यसरी नियमको बर्खिलाप गरी माननीयज्यूले आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न मिल्दैन । यसले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पुर्‍याएको छैन, सामाजिक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ ।’

यस्ता गतिविधिले जनताबीचमा जनप्रतिनिधिमूलक संस्थाप्रति विश्वास घट्नु स्वभाविक हुने भन्दै उजुरीमा अगाडि भनिएको छ, ‘समितिसमक्ष माननीय सांसद आलेज्यूको यो अडिओको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्नुहुन अनुरोध गर्दछौं ।’

उजुरी पत्र: