३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीबाट पोखराको दुई वडा जोड्ने पक्की मोटरेवल पुलमा क्षति



अ+ अ-

कास्की । गएरातिको अविरल वर्षापछि सेती नदीमा आएको बाढीबाट पोखरा महानगरपालिकाका दुई वडा जोड्ने पक्की मोटरेवल पुलमा क्षति भएको छ । पोखरा–२५ हेमजा र वडा नं १९ पुरुनचौर जोड्ने गरी मर्दीदोभानभन्दा केही तल सेती नदीमाथि बनाइएको ट्रष्ट पुलमा बाढीले क्षति पु¥याएपछि यातायात आवागमन बन्द भएको छ । जसका कारण जिल्लाको माथिल्लो भेगका नागरिक प्रत्यक्ष प्रभावित भएका छन् ।

पुलको जगभन्दा तलबाटै नदीले कटान गरेपछि पिल्लर कोल्टिएर ट्रष्ट पुल पूर्णरुपमा क्षति भएको र सञ्चालनमा आउन नसक्ने डिभिजन सडक कार्यालय पोखराले जनाएको छ । पुलबाट अब मानिस हिँडडुल गर्नसमेत जोखिम भएको बताइन्छ । पुलका संरचना अन्यत्र स्थानान्तरण गर्नुपर्ने देखिएको छ । सडक कार्यालयले पाँच वर्षअघि निर्माण गरेको सो पुल ७२ मिटर लामो र सात मिटर फराकिलो छ । पुलको पुरुनचौरपट्टीको क्षेत्रमा पिल्लरसँगैको एप्रोज दुई मिटरजति नदीले बगाएको छ ।

बाढीले पुलको पिल्लरसँगै मुख्य जीपमा पनि क्षति पु¥याएको पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बताउनुभयो । पुलको मुख्य संरचनामा बाढीले क्षति पु¥याएकाले ठूलो क्षति पुगेको उहाँले बताउनुभयो । पुल अवरुद्ध भएपछि साना ठूला सबै सवारीका साधन आवतजावत रोकिएको छ । सोही पुल हुँदै माछापुच्छ«े गाउँपालिकाका केही वडाका नागरिकसमेत पोखरा आवतजावत गर्ने गर्दछन् ।

यसैगरी गएरातिको सेती नदीको बाढीका कारण माछापुच्छ«े गाउँपालिका–२ का केही गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ । सार्दिखोलाबाट चिप्लेटी हुँदै भरावरी र काभ्रे जाने सडक बाढीका कारण कटान भएपछि यातायात अवरुद्ध भएको स्थानीय शिक्षक सन्तोष आचार्यले बताउनुभयो ।