२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको मूल्य वृद्धिः विराटनगरमा यातायात व्यावसायी र मजदुरहरुले गरे चक्काजाम



फाईल फोटो
अ+ अ-

विराटनगर । नेपाल आयल निगमले इन्धनको मुल्य वृद्धि गरेपछि विराटनगरमा यातायात व्यावसायी र मजदुरहरुले चक्काजाम गरेका छन् ।

इन्धनको मुल्य वृद्धि गरेको भन्दै सोमबार बिहान उनीहरुले कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोकमा सडकमा नै सवारी साधन तेर्साएर चक्काजाम गरेका हुन् ।

सवारी चालकहरुले बढेको मूल्य फिर्ता हुनुपर्ने माग राख्दै विरोध जनाएका हुन् । त्यस्तै सर्वसाधारणलाई इन्धनको भाउ बढेपछि पुरानै भाडादरमा यात्रा गराउन नसक्ने पनि उनीहरूले बताएका छन् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको छ ।