२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा विप्रो ब्राण्डको नक्कली बत्ती छ्याप्छ्याप्ती



अ+ अ-

काठमाडौँ । बत्तीको गुणस्तर परिक्षण गर्ने निकाय कमजोर बन्दा काठमाडौँ उपत्यकालगायत देशभर विप्रो ब्राण्डकोे नक्कली बत्ती छ्याप्छ्याप्ती विक्रि भएको पाईएको छ ।

लामो समयदेखि नेपाली बजारमा बत्तीको विक्रिवितरण गर्दै आएको विप्रो ब्राण्डले पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभरका बजारमा नक्कली बत्तीको कारोबार गरेको पाइएको हो ।

काठमाडौँ उपत्यकालगायत देशका विभिन्न सरकारी भवन एवम् विद्यालयमा जडान गरेको बत्ती नक्कली भएको गुनासो यसका प्रयोगकर्ताबाट आउन थालेको छ । सरकारी भवन एवम् विद्यालय निर्माण सम्पन्न हुनुअगाडि नै उक्त बत्ती विग्रिने गरेको प्रयोगकर्ता बताउँछन् ।

सरकारले बत्तीको गुणस्तर मापन गर्न रिन्युएवल इनर्जी टेस्ट स्टेशन (रेट्स) लाई अनुमति दिएपनि उक्त स्टेशनमा बत्तीको मापन गर्ने पर्याप्त स्रोत साधन नहुँदा यस्ता किसिमका ठगी हुने गरेका छन् ।