२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरमा हुने डुबान रोक्न हरसम्भव कार्य गर्ने



अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको विकासमा सबै क्षेत्रको सहयोगको अपेक्षा गर्नुभएको छ । आगामी आर्थिक वर्षका लागि बनाउने नगरको वार्षिक बजेटबारे सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँले विराटनगरमा हुने डुबानलाई रोक्न हरसम्भव कार्य गर्ने भत्रुभयो ।

विराटनगरको पश्चिम क्षेत्रमा रहेको केशल्या नदी र पूर्व क्षेत्रमा रहेको सिङ्घीया नदीका कारण नगर क्षेत्र डुबानमा पर्ने गरेको भन्दै नदी नियन्त्रण र बस्ती विकासको काम गर्ने उहाँको भनाइ थियो । उहाँले नगर क्षेत्रमा रहेका सञ्चार क्षेत्रको पूर्वाधार, क्षमता र विकासमा सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपप्रमुख शिल्पा निराला कार्कीले नगरको विकास गर्ने तहमा पुगेका जनप्रतिनिधिले जनताको भावना र चाहनाअनुसार काम गर्ने जनाउनुभयो । राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य शङ्कर खरेलले विराटनगरमा हेर्न लायकको ठाउँ निर्माण र पाँच वर्ष अवधि पूरा गरी बाहिरे समयमा ठोस काम गरेको जनतालाई देखाउने हिसाबले काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका सभापति लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम, महासङ्घकै पूर्वअध्यक्ष विक्रम लुइँटेल, उद्घोष दैनिकका प्रधानसम्पादक मोहन भण्डारी, संसदीय पत्रकार मञ्चका संयोजक गणेश लम्साल, पत्रकार विजयी खतिवडा, बेदराज पौडेल, कौशल निरौला, कुमार लुइँटेल रोहित, मुकेश यादव, श्यामसुन्दर सुतियार र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका सभापति सञ्जीव भण्डारी लगायतले आगामी बजेटका निम्ति सुझाव दिनुभएको थियो ।