२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा बाधक बनेपछि नेपाल एसिया कप छनोट हुन सकेन, युएई फाइनलमा



अ+ अ-

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका कारण रोकिँदा युएईले फाइनलमा स्थान बनाएको छ ।

किनरारा एकेडेमी ओभलमा भइरहेको खेल नेपालको इनिङ्स सकिएलगत्तै वर्षाले रोकिन पुगेको थियो ।

नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता रहेको थियो । युएई समूह विजेताको कारण फाइनलमा पुगेको हो ।

युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो ।

आइसिसीको नियम अनुसार नेपाल बाहिरिएको हो । फाइनल शनिबार भएको कारण रिजरभ डे रहेको थिएन । अर्कोतर्फ यसै मैदानमा आज दिउँसो १२ बजेदेखि खेल दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसैको कारण नेपाल र युएईबीचको खेल रद्ध भएको हो । फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्ड छन् ।