२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ महिनामात्रै मन्त्री हुन भनेर दौडिएर जाने, अहिले नौ महिना भइसक्योः मेटमणी चौधरी



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरु फिर्ता आउनुपर्ने बताएका छन् ।

पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले छ महिनासम्मका लागि मन्त्री बनेको र नौ महिना पुग्दासम्म पनि फिर्ता नआएको भन्दै आफ्नै पार्टीका मन्त्रीहरुसँग असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने ‘उहाँहरुलाई मन्त्री बनाउँदा सचिवालयको निर्णय नै थिएन । किन त्यसबेला मन्त्री हुनुभो ? मन्त्री हुन जाँदा दौडिएर छ महिनाका लागि मात्रै मन्त्री हुन जानुभएको हो । अहिले नौ महिना भइसक्यो । दुईपटक सचिवालय र एक पटक स्थायी कमिटीको बैठक बसेर त्यसलाई अनुमोदन गरिसकेको छ ।’

यस्तै, उनले कांग्रेस सभापति शेर बहादुर देउवा नेकपा एसकै कारण प्रधानमन्त्री बनेको बताउँदै प्रधानमन्त्रीबाट ‘रेस्पोन्स’ नआएको बताए ।

आफ्नो पार्टी अध्यक्षबाट सिफारिस भइसकेको तर, प्रधानमन्त्रीले त्यसलाई सम्बोधन नगरेको भन्दै मन्त्रीमण्डल हेरफेरमा प्रमुख कमजोरी प्रधानमन्त्री देउवाकै रहेको उनको आरोप छ ।