२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्छ: शिक्षामन्त्री पौडेल



अ+ अ-

रुपन्देही । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलले सरकारले शिक्षामा गरेको लगानीलाई मुलुकको विकासमा जोड्नुपर्ने बताउनुभएको छ ।

विश्वविद्यालयबाट उत्पादित जनशक्ति देश विकासमा जोडिने वातावरण निर्माण हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले शिक्षा मन्त्रालयमार्फत सरकारले शिक्षातर्फको बजेट बढाउँदै लगेको सन्दर्भमा त्यसको उपलब्धि विश्वविद्यालयमार्फत प्रतिविम्बित हुन आवश्यक रहेकामा जोड दिनुभयो ।

लुम्बिनीमा आज आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहमा उहाँले बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान् जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी स्वदेश तथा विदेशको प्रतिस्पर्धात्मक श्रम बजारमा सहजै खपत हुनसक्ने जनाउँदै मन्त्री पौडेलले  नेपालमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी आर्थिकरूपमा आत्मनिर्भर बन्न र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुयाउन सक्षम हुनुपर्ने आवश्यकता टड्कारो देखिएको उल्लेख गर्नुभयो ।

“त्यसका लागि शैक्षिक गुणस्तरीयतामा विश्वविद्यालयले सम्झौता गर्नुहुँदैन, विकृति, विसङ्गति, अन्याय, अत्याचाररहित समाज निर्माणका लागि नैतिक शिक्षा अपरिहार्य छ”, उहाँले भन्नुभयो । बौद्ध शिक्षालाई आधुनिक शिक्षासँग जोड्दै नैतिकवान जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र यसका लागि विद्यालय, महाविद्यालयमा बौद्ध शिक्षा अध्यापन गराउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

“मुलुकमा अनेकौँ पुरातात्विक क्षेत्र रहेकाले तिनको उत्खननका लागि आफ्नै मुलुकका जनशक्ति प्रयोग अपरिहार्य छ, कपिलवस्तुको तिलौराकोट क्षेत्र, नवलपरासीको रामग्राम क्षेत्रलगायत लुम्बिनीकै पनि अझै धेरै उत्खनन बाँकी नै छ, यी उत्खनन लुम्बिनी बौद्ध विश्वविद्यालयको जनशक्ति प्रयोग हुनुपर्छ”, उहाँले भन्नुभयो ।

पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको मुलुकमा अभाव रहेकाले लुम्बिनीसहित बौद्ध साइटमा बौद्ध विश्वविद्यालयका जनशक्तिले गाइडका रूपमा काम गर्ने वातावरण निर्माण गर्दै जानुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो । “बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, साहित्य, कला, इतिहासको अध्ययन–अध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक अन्तक्र्रियाको केन्द्र बनाउने ध्येयलाई भुल्नु हुँदैन”, उहाँले भन्नुभयो ।




भर्खरै