९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध सुन भित्र्याउन विमानस्थलमै खटिएका कर्मचारी नै संलग्न



अ+ अ-

काठमाडौं  । विदेशबाट अवैधरूपमा ल्याएको सुन भित्र्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईँले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लविपुरका ३४ वर्षीय कमल घिमिरेले विदेशबाट ल्याएको एक किलो १६५ ग्राम तौलको १० थान सुनको सिक्री नेपाल भित्र्याउन गुरागाईँले सहयोग गरेका थिए । विमानस्थल सुरक्षा कार्यालयका अनुसार गुरागाईँले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गई घिमिरेले ल्याएको सुनको सिक्रीहरू लिइ भन्सार जाँच क्षेत्र पास गराई पुनः सोही क्षेत्रको शौचालयमा आएर सुन फिर्ता दिएको खुल्न आएपछि उनलाई पनि पक्राउ गरिएको हो ।

घिमिरे फ्लाई दुबईको उडानद्वारा दुबईबाट शुक्रबार नेपाल आएका थिए । उनीमाथि जाँच गर्दा उक्त सिक्री लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारेपछि पक्राउ गरिएको र अनुसन्धानका क्रममा गुरागाईँको संलग्नता देखेपछि उनलाई पनि नियन्त्रणमा लिइएको छ । सुनसहित दुवै जनालाई थप अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ । रासस